Skip to main content

तपाइको चैत्र माहिनाको राशिफल


सिंह
२०६६ साल » चैत्र महिना » सिंह राशी
मा मि मू मे मो टा टी टु टे
यस महिनामा सूर्यले तपाईको जन्मराशिको प्रथम स्थानको भ्रमण गर्दै हुनाले स्थान नाश होला । आफू बसिरहेको ठाँउबाट अन्त कतै सर्नुपर्ला। त्यस्तै शारिरिक दुःख होला । शरिर थकित होला । मनमा चिन्ता पर्ला । स्वास्थ्यमा समस्या देखिएला । ढिपी लिएर कुनै काम गरेमा विध्नबाधा पर्न सक्ला । मंगल ग्रह तपाईको राशिको दोस्रो स्थानमा भएकाले तपाईलाई धन क्षतिले हानि होला । कडा बोल्नाले झगडा पर्ला । दुर्जनको संगत होला । राजा, चोर र अग्निको भय पर्ला । पित्त रोगले दुःख देला ।वुध ७ गतेबाट दोस्रो स्थानमा जानाले धन, वस्त्र आदिको लाभ होला । व्यवसायमा आवश्यकताअनुसारको सफलता मिल्ला । दाम्पत्य जीवन सुखमय होला । राम्रो मान्छेको संगत होला । व्यावहारिक ज्ञानको प्राप्ति होला । प्रवचन गर्ने शक्ति बढ्ला । भाइबहिनीको सहयोग मिल्ला । मन सन्तुष्ट रहला ।जन्मराशिमा रहेका शुक्रका तर्फबाट शुभ फल मिल्नेछ । ८ गतेबाट दोस्रो स्थानमा जानाले धनको लाभ होला । स्त्रीको सुःख होला । मानसम्मान मिल्ला । आफन्तले पनि सक्दो मात्रामा सहयोग गर्लान् । शरिर आरोग्य होला । कुटुम्ब र स्वजनका तर्फबाट सुख होला । अध्ययनमा रुचि प्राप्ति होला ।