मेष राशि सँग
मेष राशिमा सिंह राशिको प्रेम आकर्षा रहनेछ । आपसमा गहिरो मित्र एवं हितैषी भावना रहनेछ । सिद्धान्त विचारमा विषमताको विचार हुन्छ । सिंहका लागी मेष प्रेमदायक हुन्छ । आफ्नो सन्तान या आफ्नो जीवन साथीको मेष र सिंहको रुपमा संयोग भए परस्पर संरक्षक एवं सहयोगात्मक भावना सुदृढ रहनेछ । मित्रताको या पारिवारिक सम्बन्धमा यसको केही योजना बनाउनु अनिवार्य हुनेछ । दुवै पुरुष भएमा खतरा आउन सक्छ । दुवै स्त्री भएमा स्वार्थपूर्ण ढंगले परस्पर सहायक बन्नेछ । एक स्त्री, दोस्रो पुरुष भएमा नैतिक या अनैतिक जे भएपनि सम्बन्ध भएमा राम्रो निर्वाह हुनेछ । जाति एवं आयुका लागि बाधक हुनेछैन ।
वृष राशि सँग
सिंह राशिको वृष राशिसँग निकट सम्बन्ध सुखदायक हुनेछैन । केही समय रहेमा सहायकरुपमा सम्बन्धको निर्वाहसम्म होला । वृष राशिले सिंह राशिको संरक्षण पाँउछ । दुइमा एक अशान्ति रहनेछ । सिंहको काम कार्य गुप्त हुनेछ । वृषको गुप्त गर्छु भन्दा पनि खुल्ला हुनेछ । पारिश्रमिक र दिमागी दुवै हुनेछन् । सिंहप्रति वृष उदार हुनेछैन । सिंहले यदि आफ्नो अडानमा परिवर्तन गरेमा वृषको साथ व्यावसायिक जीवन पारिवारिक जीवन राम्रो तरह हुनसक्छ । दुवै आपसमा प्रत्यक्ष विरोधी भए पनि हृदयमा सच्चा प्रेम हुन सक्छ । सिंहको सर्म्पर्कबाट वृषको स्वास्थ्य, कलाकौशल, सम्मान र रोजेको विषयमा सहायता हुनेछ ।
मिथुन राशिसँग
सिंह राशिको मिथुन राशिसँग औपचारिक सम्बन्ध रहन्छ । यी दुइ राशिले एकले अर्कालाइ सुधार गर्न चाहन्छन् । यसकारण परस्पर आलोचक हुन्छन् । विलासितामा दुवैको बचन अनिवार्य मिल्नेछ । केवल वातचितले सम्बन्धको निर्वाह कठिन हुन सक्छ । कुनै क्षण सम्बन्ध विच्छेद पनि हुन सक्छ । शारिरिक, मानसि, वौद्धिक र व्यावसायिकरुपमा विवाद भएमा यिनको वाक्यको आशंका हुनेछैन । निरीक्षण, परिवर्तन सन्तान सुख, व्यावसायिक भागीदारी विवाहित जीवनमा प्रेम सम्बन्धको लागि, मिथुन र सिंहको युगल जोडी राम्रो हुनेछ । सामान्य व्यवहारमा अलग हुन सक्छ । तर मिथुनको साथ सिंहको सहयोग र सहानुभुतिले सम्बन्ध अधिक सशक्त बनाउन सकिनेछ । यिनले संयोगले आम्दानीका साधन काफी सफलता मिल्नेछ ।
कर्कट राशिसँग
सिंह राशिमा कर्कटको मान्यता बढी हुनेछ । केबल एकले दोस्राको सम्मान गर्ने हुँदा सम्बन्ध स्थिर नहुन पनि सक्छ । सिंहप्रति कर्कट समर्पित हुनेछ । सिंहको व्यक्तित्वको समतुल्यमा पुग्न कर्कट राशिको लागि सरल हुनेछैन । सिंहमा कर्कटको नैर्सर्गिक प्रेम रहन्छ । सिंहको वृद्धावस्थामा कर्कटको नोक्सानी बढ्नेछ । राम्रो व्यवहार गरेमा दुवै राम्रो प्रेमसम्बन्धी साथी हुनेछन् । एकको रहस्य दोस्राले पाए पनि गोप्य रहन्छ । पतिपत्नीको रुपमा यिनको सम्बन्ध निःसन्देह सफल रहनेछ । यदाकदा सिंहको उग्रता कर्कटले स्वीकार गर्नुपर्ने हुन्छ । आनन्द मनले कर्कट राशिले सिंहलाई शान्त राख्न सफल हुनेछ ।
सिंह राशिसँग
सिंह राशिमा सिंहको सम्बन्ध औपचारिक हुनेछ । यिनको आत्मीयता कमी नै हुनेछ । दुवै एकसाथ रहेमा पनि आफ्नो लक्ष्य पूर्तिको लागि अलग अलग दिशामा दौडने छन् । यिनको उपर अन्य दोस्रो राशिवाला व्यक्तिले छलकपट गर्ने हुन्छ । सावधानी नरहेमा यिनको क्षति हुनसक्छ । व्यवसायमा भागीदारी र आपसमा वरकन्याको विवाह हुनाले यिनमा सुख दुःख दुवै सिद्ध हुनेछ । केवल मित्रताको मान, यथोचित व्यवहार, हितकारी हुनेछ । सिंहको वन्धन कठोरपूर्ण हुनेछ । दुवै सिंह आफ्नो कार्यमा अलग अलग रहने हुँदा एकले दोस्राको नराम्रो देख्न नमान्नाले परस्पर मैत्रीको निर्वाह हुनेछ ।
कन्या राशिसँग
सिंह राशिको कन्या राशिसँग स्थायी मित्रता नहुन सक्छ । एक स्त्री दोस्रो पुरुष भएमा आपसमा आकर्षण बढ्नेछ । सिंहको प्रस्ताव कन्याले स्वीकार गर्नेछ । यस सम्बन्धको स्थिरता भावनात्मक क्रियाकलापमा निर्भर रहनेछ । सिंहदेखि कन्याले तनावपूर्ण रहनुपर्नेछ । यिनको सम्बन्ध भावनात्मक क्रियाकलापमा निर्भर हुनसक्छ । तथ्यात्मक रुपमा सफल हुनेछ । पारिवारिक व्यवहारमा केही धेरै सम्बन्ध गर्न विवशता हुनेछ । व्यवसायिक साझेदारी गागिदारी गर्नाले दुवैको नोक्सान हुने सम्भावना छ ।
तुला राशिसँग
सिंह राशिको तुला राशिसँग सम्बन्ध मध्यमै रहनेछ । दुवैको भावनाको अन्तर पर्नेछ । आपसमा आवश्यकताको परिपूर्ति, सहानुभूति बनाई राख्नसके सम्बन्धको निर्वाहसम्म हुनसक्छ । सिंहसँग तुलाको सम्बन्ध आर्थिक सर्न्दर्भमा केही हितकारी हुनेछ । तुलासँग सही सम्पन्न पत्नीको रुपमा यिनको सम्बन्ध निर्वाहसम्म हुनेछ । प्रेमी र प्रेमीकाको रुपमा सम्बन्ध गोपनीय हुनेछैन । यिनीहरुमा दाजुभाइ या बाबु छोराको सम्बन्ध हुँदैन, विरोध पैदा हुन्छ । व्यापारिक भागिदारी पार्टनरमा सधै स्थिर, स्थायी हुँदैन ।
वृश्चिक राशिसँग
वृश्चिक राशिसँगको सिंह राशिमा मित्रता निर्वाह योग्य हुनेछ । यिनको सम्बन्ध संयोगले सुखद् वातावरणको सृष्टि गर्नेछ । प्रायः साहसिक सर्न्दर्भमा शुभसिद्ध हुनेछ । वृश्चिकको सर्म्पर्कमा सिंहको गतिशीलता आउनेछ । सिंहका लागि वृश्चिकले संरक्षण र मार्ग दर्शन मिलाउनेछ । वृश्चिकको प्रयत्नमा सिंहले उन्नति गर्नेछ । यिनको शासनको भावना भारी हुनेछ । शिक्षा अनुसन्धान र आजीविकामा यिनको गु्रपको परस्पर प्रशस्त हुनेछ । सहकर्मी र समूहको रुपमा यिनी एक दोस्रोको दृष्टिमा दुवैको भविष्य बन्नेछ । सौभाग्य, सन्तान, भाग्य एवं आयुको सिंह वृश्चिकको परस्पर विवाहले शक्ति प्रदान गर्नेछ । अतः राशि स्वामी सूर्य र मंगल मित्र ग्रह पर्नेछ ।
धनु राशि सँग
धनु राशिसँग सिंह राशिको सम्बन्ध बलवान सिद्ध हुनेछ । किन्तु धनुसँग सिंह भयभीत रहन्छ । यी दुइ राशिको एकले दोस्रो राशिमाथि शासन चलाउन इच्छुक हुनेछन् । धनुको सर्म्पर्कमा सिंह अतिरिक्त वस्तुको संग्रह तथा आफ्नो सुरक्षा बढाउन र्समर्थवान् हुनेछ । सिंहदेखि धनुको संरक्षण मिल्नेछ । कल्पनाको दौडमा भने सिंह व्यस्त हुनेछ । यथार्थ धरातलमा सत्य तथा न्यायको संग्राम गर्नको लागि धनु राशि अग्रसरता देखाउन चाहन्छ । काल्पनिक जगतमा धनुको साथ सिंहको सर्म्पर्क धन र समय नष्ट गर्ने नै सिद्ध हुनेछ । यिनको पारिवारिक वन्धन अधिक शुभकारी हुने छैन । सहपाटी सहकर्मी र व्यापार भागीदारी हुँदामा कही लाभ र कही हानि सूचक हुनेछ ।
मकर राशिसँग
मकर राशिमा सिंहको मेलमिलाप स्थायी हुँदैन । सिंहका लागि मकर चिन्ताग्रस्त रहनेछ । दुइमाकोबीच केही दुरी रहेमा हितकर हुन पनि सक्ला । यी दुवै राशिमा आफ्नो जिद्दीपना हुनाले यी दुवैलाई हानि पुर्याउन सक्छ । सिंह यदि आफ्नो समस्या व्यक्त नभएर सम्बन्ध निभाउने प्रयत्नमा मकरको गति बढ्नेछ । सिंह मकरको पूर्ण षडाष्टक पर्नेछ । यदि उचित सन्तुलन नभएमा मकर राशिले सिंहको स्थान छोडदिनेछ । सिंहको अपार शक्तिले भयभीत हुनेछ । पति पत्नीको रुपमा सम्बन्धको निर्वाह कठिन हुनेछ । व्यवहारिक भागीदारी आदि सम्बन्ध राम्रो हुँदैन । केवल विचारको आदानप्रदान मात्र राम्रो हुनेछ । उदारतामा दुवैको सम्झना कमै होला । दुइबीच टाढा रहनु आवश्यक छ । नजिकमा निरन्तर हानि हुनेछ ।
कुम्भ राशिसँग
कुम्भ राशिसँग सिंह राशिको सम्बन्ध सामान्य हुन्छ । दुइले मुडेजिद्दी गर्ने हुन्छन् । एक सुन्दर र एकान्तप्रिय हुनेछ । केवल प्रेम पाए सन्तुष्ट रहने हुन्छ । दोस्रो तथ्यात्मक प्रसंगमा रहने व्यावहारिक र सगृहस्थ बनेर रहन अधिक सुख सम्झने हुन्छ । सिंहको कुम्भसँगको कही सुखद्, कही दुःखद् सम्बन्ध हुन्छ । विभिन्न कार्य पुरा गर्नको लागि कुम्भको प्रेरणा मिल्नेछ । किन्तु कुम्भप्रति सिंहको रुखो मनोभावना र बचन हुनेछ । कुम्भको राम्रो प्रेरणा पाएमा नरम स्वभाव हुनेछ । व्यवसायिक साझेदारीमा परस्पर विवाद आदिको लागि सिंह र कुम्भको सम्बन्ध केही राम्रो हुनेछैन । यदि मिलेर दुवैले प्रेमसँग बस्न सकेमा सहयात्रा सदैव शुभ हुनसक्छ ।
मीन राशिसँग
मीन राशिसँग सिंह राशिको सम्बन्ध भएमा बडो उपकार हुनेछ । सिंहले यदि मीनको कुरा सुनेमा र आदेश मानेमा यी दुइको सम्बन्ध राम्रो रहनेछ । सिंहबाट मीनको सुखद् सम्बन्ध रहनेछ । विचार, भावना र सिद्धान्त मतभेद हुँदै रहला । सिंह मीनको स्वभाव अलग अलग हुनाले दुवैको हृदयमा अनेक भ्रमजाल पनि रहनेछन् । यही हुँदा भ्रमले सम्बन्ध विच्छेदको आशंका रहनेछ । पति पत्नीको रुपमा सम्बन्ध निदाउन सक्छन् । जलरुपी मिनको साथ अग्निरुपी सिंहको आत्मबल हुनु स्वाभाविक हो । मित्रता र भागीदारीको रुपमा कठिनाइ नै पर्नेछ ।
Comments
Post a Comment