सिंह राशिका स्वामी सूर्य हुन् । यो राशि अग्नि तत्व प्रधान छ । यो राशिका मानिस अर्काको अनादार नसहने, कठोर स्वभाव ठूलाठूला कामको अधिकार लिन चाहने, कार्य कुशल रुढिवादीलाई लात हान्ने खालका हुनेछन् । कानूनी मर्यादा पालना गर्ने हुन्छन् । यिनीहरु हरेक कार्यमा सफलता चाहन्छन् । अर्काबाट आफ्नु तारिफ लिन इच्छुक, प्रत्येक क्षेत्रम र्सतर्क र परिचित हुने, ससफलता पनि व्यहोर्नुपर्छ । आफू माथि अरुको दबाव नसहने खालका हुन्छन् । अर्काको त्यति वास्ता नगर्ने हुँदा साथी वा छिमेकीको मद्दतको कमी छ । खर्च बढी गर्ने स्वभाव रहन्छ । यो राशिका अधिकांश मानिसहरु आफ्नो प्रतिभालाई समाजको अगाडि प्रदर्शन गर्न सक्ने हुन्छन् । नयाँ कुराको खोजीमा उत्सुकतापूर्वक लागिरहन्छन् । यिनीहरु कानून तथा परम्परा रुढीवादीलाई संगालेर बस्न मन पराउदैनन् । यिनीहरु धनी हुने इच्छा राख्दछन् तर बाच्नको लागि त्यति कष्ट भोग्नुपर्दैन । यिनीहरु आफ्नो गल्ती आफ्ना मित्रहरुले केलाएर बेलामा सल्लाह दिएको हेर्न चाहन्छन् ।
Comments
Post a Comment