Skip to main content

२०८० मासिक राशिफल- मंसिर

 सिंह राशिलाई मंसिर महिना केही संघर्षमय रहने देखिन्छ। अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। साझेदारी तथा सगोलको व्यवहारमा पनि केही विवाद आउने हुँदा घरायसी माहोल बिग्रने सम्भावना छ। घर–व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ला। पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ। उठ्नुपर्ने रकम हातलागी नहुँदा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ। नोकरीमा समेत अरूको दबाब झेल्नुपर्ला। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्। यो महिनामा केही काम रोकिए पनि हिम्मतले पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला।

Comments