Skip to main content

२०७२ सालको बार्षिक राशि फल

योबर्ष ग्रहस्थिति प्रतिकूल रहनेछन् । द्वितीय राहु, अष्टम केतु, गुरु तथा शनिसम्म प्रतिकूल रहेकाले एकपछि अर्को समस्यले सताउने, सफलता नमिल्ने, मन अशान्त रहने योगछ । विवाद बढ्ने सञ्चित धनको नाश हुने, अरुबाट तीब्र आलोचना हुने योग देखिएकाले संयम हुनु उचित हुने छ । मित्रहरुले धोकादिने, परिवारले साथनदिने भएकोले समस्या अरु जटिल बन्नेछ । दाँत, मुखमा पीडाहुनेछ । अरुको काम धेरै गर्नुपर्ने र जश नपाउने अवस्थाछ । खर्चबढ्ने आमदानी नहुने, झुटा आरोपको सामना गर्नुपर्ने बाध्यताहरू आइपर्नेछन् । स्वास्थ निकै कमजोर हुनेछ । व्यापारमा संकट आउने, यात्रामा अवरोध हुने,पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ । सन्तान तथा मातापितबीचको सम्वन्धसमेत नराम्रो हुने भएकोले सबैतिर बाट एक्लिने अवस्थाले मन बिग्रने अवस्था आउन सक्छ । पढाईमा रुचिपनि देखिन्न, गरेका प्रयासहरू पनि सन्तोषप्रद रहनेछैन । शत्रु प्रशस्त मात्रामा बढ्नेछन्,नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावनाछ । राजनीतिमा प्रशस्त संकटको सामना गर्नुपर्नेछ, धर्मतिर मननजाने र भाग्यले समेत साथ नदिनेभएकोले संयमभएर अगाडि बढ्नु पर्ला । ज्येष्ठ, आषाढ, कार्तिक, माघमा प्रयत्न गर्दा केही काम बन्नेछन् । श्रावण, मार्ग, चैत्रमा अनेकन समस्या आउने मन वचिलित हुने, प्रतिष्ठामा आँच आउने योग भएकोले गोपनीयता अपनाउनु वेश हुनेछ । ‘ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते’मन्त्रको जप बिहान बिहान गरेमा केही लाभ मिल्न सक्छ ।

Comments